दमक/ दमक -८ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल वडा शाखाले मातातिर्थ ओैशीको अवसर पारेर शनिवार ८० वर्ष भन्दा माथिका ज्येष्ठ माताहरुलाई सम्मान गर्ने कार्यक्रम गरेको छ ।
कार्यक्रममा १०३ वर्षकि आमा राममाया खतिवडासहित विकमाया दंगाल,कृष्णमाया ढकाल,पवित्रादेवी मैनाली ,कौशिला निरौला,राधिका मिश्र, शिवमाया ओली, पवित्रा भण्डारी, तुलसादेवी भट्टराई र द्रौपदा नेपाललाई सम्मानित गरिएको हो।
सम्मानित हुने आमाहरुलाई प्रमुख अतिथि समेत रहेका दमक नगरपालिका वडा नं ८ का अध्यक्ष धर्मप्रसाद दाहाल, वडा सदस्य हरिमाया चुडाल ,ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद दहाल,सल्लाहकार सहसंयोजक डोयना दाहाल ,वडा शाखा अध्यक्ष ओमप्रसाद खनालले सम्मान पत्र , दोसल्ला , माला ,टीका लगाएर सम्मान गरेका थिए । साथै कार्यक्रममा आजीवन सदस्यहरुको प्रमाण पत्र समेत बितरण गरिएको थियो ।
कार्यक्रम ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमक ८ का अध्यक्ष ओमप्रसाद खनालको अध्यक्षतामा भएको थियो ।
