दमक/ दमक बहुमुखी क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियनले बिद्यार्थीहरुलाई सार्वजनिक यातातातको सहज सेवा प्रदान गर्ने बिषयमा सरोकारवालाहरुसँग छलफल गरेको छ ।
युनियनका सभापति सोविम न्यौपानेको नेतृत्वमा रहेको बिद्यार्थी प्रतिनिधि मण्डलले दमकस्थित सार्वजनिक यातायातसँग सरोकार राख्ने यातायात व्यवसायी, यातायात मजदुर, ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यालय दमक लगायतका प्रतिनिधिहरुबीच सो बारेमा छलफल भएको स्ववियु दमक बहुमुखी क्याम्पसका सचिव दिपक लिम्बुले जानकारी दिए ।
सचिव लिम्बुका अनुसार २६ बैशाखमा भएको सो छलफलका क्रममा हरेक दिन बिहान ९–११ बजे र दिउँसो २–४ बजे सम्म क्याम्पस मोडमा अवस्थित स्टेण्डमा नियमित रुपले विद्यार्थीहरु चढाउने र ओराल्ने तथा बिद्यार्थीलाई सरकारले दिएको तोकेको सहुलियत भाडा सुविधा दिने बिषयमा सर्वपक्षीय सहमति भएको छ ।
स्ववियुले त्यस किसिमको सहमति यातायात व्यवसायी तथा मजदुरहरुले पालना नगरेको अवस्थामा तत्काल स्ववियुमा द्धारा तोकिएका प्रतिनिधिहरुसँग सम्पर्क गर्न समेत भनेको छ । सम्पर्क सहजताका लागि स्ववियुले सचिव दिपक लिम्बु र सदस्यहरु संजय राई तथा पवन भण्डारीलाई तोकिएको जनाइएको छ ।