इलाम/ इलामको सन्दकपुर गाउँपालिका ५ जमुनामा पिकअप पल्टिएर भएको दुर्घटनामा २२ बर्षिय एक युवकको मृत्यु भएको छ ।
बिहिबार राति १०ः४५ बजे सन्दकपुर ५ सापकोटा गाउँस्थित भित्री कच्ची सडकखण्डमा बिप्ल्याटेबाट जमुनातर्फ जाँदै गरेको प्र. १ –०३–००१ च ००६९ नम्बरको ४ वटा गोरु लोड गरेको बोलेरो पिकअप बाटोदेखि अन्दाजी ६० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा गाडीका सहचालक इलाम नगरपालिका ५ बस्ने अन्दाजी २२ वर्षका तोया घिमिरेको मृत्यु भएको हो ।
इलाम अस्पतालबाट थप उपचारको लागि झापा ल्याउने क्रममा बिहान २ बजे उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगूले बताए ।
दुर्घटनामा गाडी चालक इलाम ४ बस्ने २० वर्षीय अभिषेक तिवारी घाइते भएका छन् ।