दमक/ दिवंगत आफना पितृको स्मृतिमा शुक्रवार झापाको कमल गाउँपालिका ७ का एक केरुङ्ग परिवारले सुस्तश्रवण विद्यार्थीहरुलाई स्कूल व्याग दिएका छन् ।

तीनवर्ष अघि निधन भएकी श्रीमती तथा आमा गौमाया केरुङ्गको स्मृतिमा उनीहरुले कमल ५ स्थित मंगलमय माध्यमिक विद्यालयमा अध्ययनरत ३० जना फरक क्षमता भएका विद्यार्थीहरुलाई स्कूल व्याग हस्तान्तरण गरेका हुन् ।

विद्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच सो सहयोग सामाग्रीहरु स्व. केरुङ्गकी कान्छी छोरीज्वाई चेसुङ्ग लिम्बू, बिष्णु सुब्बा, साइली वुहारी डम्बरकुमारी लिम्बूसहित विद्यालयका निमित्त प्रधानाध्यापक डम्बरु प्रसाद पोख्रेल, पूर्व प्रअ ओमप्रसाद खनाल, मोहन बगाले पत्रकारद्धय गिरीराज भट्टराई ,अनिलदेव राई लगायतले हस्तान्तरण गरेका थिए ।

कमल ७ निवासी सामाजसेवी गणेशप्रसाद केरुङ्गका श्रीमती गौमायाको २०७८ बैशाख २८ गते ७६ बर्षको उमेरमा निधन भएको थियो । स्व. केरुङ्गका छोराहरु भिमराज ,आइत,मोहन,ओमप्रकाश र विरु छन् भने छोरीहरु शान्ता र कान्छी चेसुङ्ग छन् ।

विद्यालयमा विशेष कक्षामा हाल ३० जना विद्यार्थीहरु आवासीयसहित अध्ययनरत छन् । स्कूल व्याग हस्तान्तरणका क्रममा दाता परिवारले दिवंगत आमा गौमायाको स्मृतिमा बर्सेनी यस किसिमको सामाजिक कार्यहरु गरिआएको बताए । गतवर्ष भने केरुङ्ग पविारले दमक ९ को दमक बाल आश्रम, दमक ४ को रत्नज्येष्ठ नागरिक बृद्धाश्रमसहित दुई जना असहाय रोगीलाई नगद तथा सहयोगी सामाग्रीहरु वितरण गरिएको थियो ।

Facebook Comments Box