दमक/ झापाको दमक ६ बेलडाँगी रोड स्थित निर्माणाधिन दमक महलमा लिफ्ट जडान गर्ने क्रममा लडेर एक जना मजदुरको ज्यान गएको छ ।
आज बिहान भएको सो घट्नामा पाँचथर घर भई हाल दमक ८ बस्दै आएका लिफ्ट निर्माणको काम गर्ने मजदुर ३० बर्षिय सन्तोष मगरको ज्यान गएको हो । लडेर सख्त घाईते भएका मगरको उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा बिहान करीब ११ बजे चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय दमकका इञ्चार्ज डिएसपी विजयराज पण्डितले जानकारी दिनु भयो ।
दमक महलमा लिफ्ट जोड्दा मजदुरको ज्यान गयो
Nishkarsha News
२०७६ कार्तिक ७, बिहीबार १५:२१