दमक/ झापाको अर्जुनधारामा आज अपरान्ह पौने पाँच बजे चट्याङले एक जनाको ज्यान लिएको छ ।
अर्जुनधारा नगरपालिका वडा नम्बर २ चौरासेमा मकैबारीमा मल लगाउने काम गरिरहेका ५४ बर्षिय मोहन प्रसाद दुलालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्ण चन्दले जानकारी दिए ।
घर नजिकै मकैबारीमा काम गरिरहेको बेला अचानक गड्याङगुडुङ संगै परेको चट्याङले लागेर घाईते भएका उनको उपचारका क्रममा साँझ ६.२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
चटयाङले उनको छाती तथा पेटको भाग पिल्सिएको अवस्थामा उनका आफन्तले भेटेका थिए ।