शिवसताक्षीमा करेन्ट लागेर बालकको मृत्यु

Author Nishkarsha News
२०८१ बैशाख २५, मंगलवार ०८:०३

दमक/  झापाको शिवसताक्षी नगरपालिका वडा नं ७ मा करेन्ट लागेर डेढ बर्षिय एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय सुनिल राजवंशीको अन्दाजी १८ महिनाका छोराको पानी तान्ने मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो ।
खेल्ने क्रममा चलिरहेको बिद्युत मोटरमा परेर घाईते भएका उनको उपचारका लागि विर्तासिटी अस्पताल विर्तामोड लगिएकोमा सोही दिनको साँझ करिब ६ बजे चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्ण चन्दले जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्