ललितपुर/ ललितपुरको ग्वार्कोमा आगलागीमा परेका एकै परिवारका दुई जना बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा घाइते भएका पाँच जना मध्ये दुई बालिकाको उपचारका क्रममा आज (सोमबार) मृत्यु भएको हो ।
आगलागीमा जलेर घाइते भएका ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको मृत्यु भएको उनीहरु उपचाररत अस्पताललाई उदृत गर्दै जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।
आइतबार ललितपुर महानगरपालिका–१७ ग्वार्काेस्थित मोबिल स्टोर गर्ने कोठामा आगलागी हुँदा सञ्जय गिरीको परिवारका ५ सदस्य गम्भीर घाइते भएका थिए ।
घरमुली ३५ वर्षका सञ्जय गिरी र उनकी पत्नी ३२ वर्षकी रुपा गिरीको किस्ट अस्पतालकै आईसीयूमा उपचार भइरहेको छ । सञ्जयलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।

 

Facebook Comments Box