नेपालले वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी–२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ ।

बुधबार रोहित पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो । जसमा अनुभवी खेलाडीहरूले स्थान बनाएका छन् ।

नेपालको टिममा अनिल कुमार शाह, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरीले समेत आफ्नो स्थान पक्का गरेका छन् ।

नेपालको टिम : रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनास बोहरा,सागर ढकाल, कमलसिंह ऐरी

टी–२० विश्वकपकमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् ।

समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ । बाँकी खेलहरु जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ ।

विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन् । त्यसपछि १९ देखि २४ जुनसम्म सुपर–८ हुनेछ । सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ ।

Facebook Comments Box