दमक/भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ भने १२ घाइते छन् ।

बांलङखाबाट मैयुङटारतर्फ जादै गरेको को १ ज ३६१७ नं को सुमो गाडी सडकबाट अ २०० मिटर तल खसेर दुध कोशी नदि किनारा आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा भोजपुर आमचोक गाउँपालिका–१० पाङ्चाकी २७ वर्षीया रूना राई र सुनसरीको धरान उपमहानगरपालिका ५ की २६ वर्षीया शान्ति राईको ज्यान गएको हो ।
बोलेरोमा सवार १४ जनामध्ये १२ जना घाइते भएका छन् । उनले रुनाको घटनास्थलमै र शान्तिको उपचारका क्रममा धरानमा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । घाइते सबैलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Facebook Comments Box