इलाम/ इलाम-२ को उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य छान्न भएको मतदानको मतगणना आइतबार बिहान ११ बजेपछि सुरु हुने भएको छ । भर्खरै सकिएको सर्वदलीय बैठकले बिहान ११ बजे पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु गर्ने निर्णय गरेको हो ।
सभागृहका दुई स्थानमा मतगणनाका लागि तयारी गरिएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सुरु भएको १२ घण्टाभित्र अन्तिम नतिजा प्रकाशित गरिनेछ ।