दमक/ पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको सुरुङ्गा पुलमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका– ७ का ३८ वर्षीय तेजमणि खरेल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबार राति करिब ८ बजे पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका– ३ स्थित सुरुङ्गा पुलमा बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा १ प ६३०० नम्बरको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका मोटरसाइकल चालक खरेलको उपचारका क्रममा विएण्डसी अस्पताल विर्तामोडमा रातीनै मृत्यु भएको र पछाडि सवार मेचीनगर नगरपालिका– १० का २९ वर्षीय प्रसन्न दनुवार घाइते भएका जनाइएको छ । घाइते दनुवारको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।