दमक/ इलामको चुलाचुली ५ स्थित विदुवा खोला पुल छेउमा रहेको एक घरमा हावाले उडाएर ल्याएको झिल्कोबाट आगलागी भएको छ ।
त्यहाँस्थित रोम प्याकुरेलको टिनको छानो भएको दुई तले घरमा आज बिहिबार दिउँसो करिब  साढे ११ बजे अचानक आगलागी भएको सो वडाका वडाध्यक्ष बबिन राईले जानकारी दिए । वडाध्यक्ष राईका अनुसार आगलागीबाट प्याकुरेलको घर, गोठ र बाख्राको खोरमा समेत जलेर नष्ट भएको छ । आगलागीका कारण कुनै मानवीय क्षति भने हुन पाएको छैन । आगलागी स्थानीयबासी र दमक नगरपालिकाको वारुण यन्त्रको सहायतामा निभाउने काम भइरहेको वडाध्यक्ष राईले बताए ।

 

Facebook Comments Box