धनगढी/ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल वाम एकताको कुनै सम्भावना नरहेको बताएका छन । वर्तमान सत्ता समिकरणलाई वामपन्थी दलहरुबीचको एकताको संकेतका रुपमा बुझ्न नहुने अध्यक्ष प्रचण्डको भनाई छ ।
आइतबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । दुई दिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि वाम एकताले न पार्टी बन्छ न देश बन्छ । यो बिषयको बहसले समय मात्रै वर्वाद गर्छ भन्ने अभिव्यक्ति दिएका थिए ।
उनले वर्तमान सत्तासमीकरण वामपन्थीको मात्र नभएको स्पष्ट पारे । उनले भने, ‘वर्तमान सत्ता समीकरण वामपन्थीको मात्रै भनेर गरिएको होइन, राजनीतिक सत्ता समीकरणका रूपमा बुझ्नुपर्छ, अहिले वाम एकता भन्नु सही हुँदैन ।’