दमक/ झापाली पत्रकारहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले २०७३ सालदेखि शुरु भएको पत्रकारा सहारा उपचार कोषमा एक करोड रुपैयाँ पुगेको छ ।
पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको झापा शाखाको अगुवाईमा स्थापना भएको यो कोष अहिले सम्म पत्रकारहरुका लागि बनाइएको सबैभन्दा ठुलो राशीको उपचार कोष हो ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सोमबार विर्तामोडमा आयोजित कार्यक्रमका बीच सो कोषमा एक करोड रुपैयाँ पुगेको घोषणा गरे । डा. यादवले सो अवसरमा नेपाली पत्रकारित दक्षिण एशियामै उत्कृष्ट रहेको उल्लेख गरे ।
सो अवसरमा कोष बृद्धिका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
पत्रकार महासंघ झापाका तत्कालिन अध्यक्ष भीम नेम्वाङको कार्यकालमा २०७३ पुस १६ गते पत्रकार–सहारा उपचार कोषको अवधारणा शुरु भएको थियो ।
तत्कालिन समयमा पत्रकार महासंघको कोषबाट चार लाख र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको ५ लाख सहित जम्मा ९ लाखवाट शुरु भएको कोष आठ वर्षमा एक करोड पुर्याइएको पत्रकार महासंघ झापका अध्यक्ष एकराज गिरीले जानकारी दिए । नेम्वाङपछिका अध्यक्ष तारामणि सापकोटाले पनि कोष निर्माणका लागि आर्थिक संकलन अभियान गरेका थिए ।
महासंघ झापा शाखामा गिरीको कार्यकाल शुरु भएपछि तीन वर्ष भित्रै ६० लाख वढी रकम जुटाइएको हो ।
गिरीका अनुसार कोषमा पत्रकारहरुले जनही तीन हजार जम्मा गरेका छन् भने अधिकांश रकम दाताहरुवाट जुटेको हो । ‘समाचार संकलनको क्रममा हुने दुर्घटना र रोग लागेर बिरामी हुने झापाका पत्रकारहरुलाई कोषको व्याजवाट आउने रकम नगदै उपलव्ध गरिन्छ’, अध्यक्ष गिरीले भने । झापामा पत्रकारको संख्या दुईसय बढी छ । कोषको व्यवस्थित सञ्चालनका लागि कार्यविधि निर्माण गरिएको छ भने कोष वृद्धिका लागि समिति गठन गरिएको थियो ।

 पूर्वमुख्यमन्त्री  हिक्मत कार्कीले नेपाल पत्रकार महासंघ झापाले पत्रकारको हितमा गरेको कामको प्रशंसा गर्दै पत्रकारको पेशागत दक्षता र क्षमता अभिवृद्धिबाट आफू समेत पे्ररित भएको बताए ।  उनले आफू झापाबासी भएको र झापाली पत्रकारिता क्षेत्रको विकासका लागि आफू मुख्यमन्त्री भएको समयमा महासंघ झापालाई सहयोग पु¥याउन पाएको भन्दै खुशी व्यक्त गरे । आफू राजनीतिक कार्यकर्ता भएको भन्दै उनले आगामी दिनमा पनि सहयोग गर्ने वचन दिए ।

त्यस्तै  पूर्वमुख्यमन्त्री  उद्धव थापाले पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको कोषको प्रशंसा गरे । उनले कोषमा सहयोग गर्ने दाता परिवारलाई समेत धन्यवाद दिए । नेपाालका परिर्वतित आन्दोलनमा सञ्चार माध्यमले पु¥याएको योगदान उल्लेख्य रहेको भन्दै उनले सञ्चार क्षेत्रका विकास भए मात्रै लोकतन्त्र सुदृढ हुने बताए । कार्यक्रममा सहारा नेपाल साकोसका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले दीर्घकालीन सोच राखेर शुरु गरिएको यो अभियानले सार्थकता पाएको भन्दै खुशी व्यक्त गरे ।  उनले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष भीम नेम्वाब्को कार्यकालबाट शुरु भएको अभियानले सार्थकता पाएको भन्दै यसको संरक्षण, विकास र प्रवद्र्धनमा ध्यान दिन सुझाव दिए ।

नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले पत्रकार महासंघ झापा शाखाले स्तुत्य कार्य गरेको भन्दै अध्यक्ष एकराज गिरीसहित अभियानका परिकल्पनाकार तथा दातालाई धन्यवाद दिए । उनले कोषको रकम दुरुपयोग हुन नदिने उल्लेख गरे । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । अध्यक्ष गिरीले यो अभियानमा जोडिनेसबैलाई धन्यवाद दिए । उनले यो कोषको रकम दुरुपयोग नहुने भन्दै कोषलाई अझ बढाएर लैजाने प्रतिबद्धता जनाए । उनले कोषबाट प्राप्त ब्याजबाट अग्रज पत्रकारलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने आफ्नो अभियान रहेको जानकारी समेत दिए ।

महासंघ झापाका सचिव डिकेश लामाले स्वागत गरेको कार्यक्रममा अभियानमा सहयोग गर्ने सहारा नेपाल, अन्तर्राष्ट्रिय झापाली समाजसहित व्यक्तिगत रुपमा सबैभन्दा धेरै रकम प्रदान गर्ने दाता जयनारायण ढुंगाना लगायत एक सय ३८ जनालाई सम्मान गरिएको थियो । सम्मान सरकारी निकाय, विभिन्न संघ–संस्था र दातालाई कार्यक्रमका प्रमुख अतिथि डा. यादवले प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । कोषको रकम एक करोड पुगेसँगै अक्षयकोषको घोषणा र महासंघ झापा शाखाको स्तरोन्नति गरिएको भवनको डिजिटल उद्घाटन गरिएको थियो ।

Facebook Comments Box