दमक/ गत वैशाख १ गते छुरा प्रहार गरी एक जनाको हत्या गरेको अभियोगमा खोटाङको मझुवागढीका तीन जना पक्राउ परेका छन । प्रहरीका अनुसार मझुवागढी ११ खार्मीका ३० बर्षिय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको घटनामा संलग्न सोही ठाउँका तीन जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरुमा सोही ठाउँका २२ बर्षिय बिकास राई, २० बर्षिय आशन राई र २८ बर्षिय गणेश राई रहेका छन । उनीहरुलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । आज सोमबार बिहान साढे ८ बजे डिएसपी पुरुषोत्तम खड्काको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई दिक्तेल रुपाकोट मझुवागढी १० पाथेका धनपति राईको घरमा लुकेर बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक बेनु कार्कीले जानकारी दिए ।