दमक/ झापाको कमल र गौरीगञ्जमा नयाँ बर्ष २०८१ को पहिलो दिन (शनिबार) भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु हुनका साथै तीन जना घाईते भएका छन ।  राती करिब साढे ११ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिका वडा नं ३ सानो केर्खामा दमकबाट विर्तामोडतर्फ जादै गरेको बा ६४ प १४०० नम्बरको १५० सीसिको मोटरसाईकल आफै अनियन्त्रित भएर कल्भर्टमा ठोक्किदा भएको दुर्घटनामा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका वडा नं ४ का २७ बर्षिय पिरती भन्ने विष्णु लिम्बुको मृत्यु भएको हो ।

उनलाई उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोड पुरयाउनसाथ चिकित्सकहरुले मृत घोषणा गरेका कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मोटरसाइकल पछाडी बस्ने अर्जुनधाराकै जिवन नेपालका छोरा १५ बर्षिय बिपल नेपाल घाईते भएका छन ।

त्यसैगरी गौरीगञ्ज गाउँपालिका वडा नम्बर ६ गौरीयापुलमा गौरीगञ्ज बजारबाट खजुरगाछी तर्फ जादै गरेको BR 37 D 7020 नम्बरको १२५ सीसीको मोसा आफैं अनियन्त्रीत भई दुर्घटना हुदाँ मोसा चालक भारत अररिया जिल्ला थानासिक्टि पंचायत कुशहा बैरीयाका २३ बर्षिय गोपाल महतो र पछाडी सवार झापा गौरादह नगरपालिका ८ पानीटंकीका ४५ बर्षिय वृहस्पति महतो घाइते भएका हुन । उनीहरुको विराटनगरमा उपचार भइरहेको जनाइएको छ ।

Facebook Comments Box