अहिले शैक्षिक वर्ष २०८०को अन्तिम वार्षिक परीक्षा सम्पन्न भई धमाधम नतिजा पनि प्रकाशन भईरहेको अवस्थामा कक्षा नर्सरि देखि कक्षा ९ सम्म अध्ययन गर्ने बिद्यार्थी स्वयम् र अभिभावकहरु आफ्ना नानीबाबुहरूलाई कहाँ कस्तो विद्यालयमा भर्ना गराए आफ्ना नानी वावुको भविष्य उज्ज्वल हुन्छ भन्ने विषयमा चिन्तित भएको पाईन्छ ।
हरेक शैक्षिक संस्थाहरुले नयाँ भर्नाको लागि आकर्षक विज्ञापनहरु गरिरहेका हुन्छन् तर विज्ञापनमा उल्लेख गरिए जस्तो , आफूले खोजेजस्तो आफ्ना नानीबाबुहरुको साँच्चै सर्वाङ्गीण विकास गराई एउटा संस्कारी अब्बल प्रतिभा जन्माउने अनि भनेजस्तो सेवा, सुविधा र विशेषताहरु पाइने शैक्षिक संस्था कुन हो? भन्ने निक्र्याैल चाहिं अभिभावक र विद्यार्थीहरूले आफैले गर्न सकिरहेका हुँदैनन्। २१औँ शताब्दीको यो प्रतिस्पर्धी दुनियामा आफू वा आफ्ना नानीबाबुहरुलाई उम्दा घोषित गर्न आवश्यक पर्ने स्तरीय शैक्षिक खुराक प्रदान गर्ने विद्यालय छनौट गर्न केही समय अवश्य नै सोच्नु पर्ने हुन्छ ।
वर्तमान अवस्थामा माथि उल्लिखित विषय हरेक विद्यार्थी तथा अभिभावकहरुको लागि चासोको विषय बनिरहेको सन्दर्भमा यही झापा जिल्लाको दमक नगरीमा आजभन्दा २८ वर्ष अघिदेखि सञ्चालनमा आएको झापा जिल्ला अनि कोशी प्रदेशमा मात्र नभएर राष्ट्रिय स्तरमा नै छुट्टै पहिचान बनाउन सफल बनेको अब्बल शैक्षिक गन्तव्य हो झापा मोडल अर्थात जेम्स स्कूल ।


आफ्ना विद्यार्थीहरुलाई व्यवहारिक र रचनात्मक गुणयुक्त बनाउँदै सुवासमय सुन्दर फूल समान बनेको हेर्न चाहाने यो विद्यालयले थोरै मिहिनेत र प्रयासबाट आफ्नो यस्तो पहिचान बनाउन सफल भएको भने होइन । यसको इतिहास झण्डै तीन दशक लामो छ । ४० बर्ष लामो समयसम्म शिक्षण पेसामा आबद्ध रहँदै आउनुभएका पूर्व क्षेत्रकै एक प्राज्ञिक व्यक्तित्व श्री जयबहादुर श्रेष्ठ झापा मोडल अंग्रेजी मा विका मूल खम्बा हुनुहुन्छ ।
गुणस्तरीय शिक्षा नै देश विकासको मूल आधारस्तम्भ हो भन्ने मान्यतालाई मूल मन्त्र ठान्ने जयबहादुर श्रेष्ठको शैक्षिक उन्नयनको सत्कर्ममा साथ दिने आफनै जीवन संगिनी शलुजा श्रेष्ठ , छोरा सागर श्रेष्ठ र बुहारी जसमिन श्रेष्ठको साथ उस्तै रहेकोछ ।
युरोपका विभिन्न मुलुकहरू ,अमेरिका ,जापान र अष्ट्रेलिया समेतका विभिन्न शैक्षिक संस्थाहरुबाट अन्तराष्ट्रिय शैक्षिक अनुभव समेत सम्हालिसक्नु भएका युवक छोरा सागर श्रेष्ठले अहिले यो स्कूललाई प्रिन्सिपलको भुमिकामा रहेर सञ्चालन गरिरहनु भएको छ ।
निरन्तर मिहिनेती परिश्रमी र लगनशीलताको पर्याय वनिसकेका शिष्ट स्वभावको विशेषतायुक्त प्रिन्सिपल सागर श्रेष्ठले विदेशका थुप्रै अवसरहरुलाई त्यागेर स्वदेशमै शैक्षिक योगदान गर्ने अठोटका साथ झापा मोडललको गुणस्तरीय शिक्षा प्रदान गर्ने महान उद्धेश्यलाई अघि बढाइरहनु भएको छ ।
उहाँको दुरदृष्टि, सोच र कडा मिहिनेतको प्रतिफल स्वरुप आज झापा मोडलले श्रेष्ठ परिवारको मात्रै होइन सिंगो दमक र झापा जिल्लाकै शिरलाई उचो बनाउन मद्धत गरेको छ ।
पढाइसँगै बिद्यार्थीहरुमा अतिरिक्त कृयाकलापका लागि नमूना शैक्षिक गन्तव्यको परिचय बनाएको झापा मोडलमा अध्ययन गरेका बिद्यार्थीहरुले आज देश विदेशमा उत्कृष्टता प्रदर्शन गरिरहेका छन ।
यसको ज्वलन्त उदाहरण यही बिद्यालयकी पूर्व बिद्यार्थी प्रेनुसा पाण्डे कक्षा ९ मा अध्ययनरत हुँदा अन्तराष्ट्रिय स्तरको सेमिनारमा भाग लिन श्रीलंका सम्म पुगिन् । उनको सार्क राष्ट्रहरू मध्ये ६ वटा देश घुम्न पाउने अवसरलाई कोरोना जस्तो महामारीले पुराहुन दिएन । छोटै समयमा पनि उनको वाक् कलाले देश विदेशमा ठूलो चर्चा पायो । व्ःभ्क् विद्यालयले मुलुक कै शिक्षा क्षेत्रमा अप्रत्यासित फड्को मार्नुको पछाडि थुप्रै कारणहरू रहेका छन् । जस्तै
(१) लामो समय सम्म शिक्षा क्षेत्रमा समर्पित व्यक्तित्वहरूबाट सन्चालनमा आएको विद्यालय।
(२) विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठ र कोअर्डिनेटर जश्मिन श्रेष्ठ दुवै अष्ट्रेलियन छात्रबृति (ब्गकब्ष्म) अन्तर्गत अष्ट्रेलियाको मात्र नभएर विश्वकै उत्कृष्ंठ विश्व विद्यालयमा अध्ययन गरि आफूले सिकेका कुरा आफ्नै देशमा प्रयोगमा ल्याउन कम्मर कसेर लागेका दम्पति हुन् ।
(३)प्रिन्सिपल सागरश्रेष्ठ , २१ औँ शताव्दीमा योग्य मानव संसाधन कसरि तयार गर्न सकिन्छ भन्ने विषयमा अमेरिका ,जापान सरकारको लगानीमा अमेरिका र जापानबाट तालिम प्राप्त गरेका व्यक्तित्व हुन् ।
(४) यो विद्यालयले यूरोप र अष्ट्रेलियाका बिभिन्न विद्यालय संग सहकार्य (ऋयििबदयचबतष्यल ) गरि शिक्षक आदान प्रदान कार्य (त्भबअजभचक भ्हअजबलनभ एचयनचबm) सन्चालन गर्नका अतिरिक्त विद्यार्थीहरू विच भर्चुवल माध्यम द्वारा आपसि सिप साटासाट गर्ने कार्य भईरहेको छ
(५) यो विद्यालय विगत लामो समयदेखि दमकमै पहिलो पल्ट ब्रिटिस काउन्सिलद्वारा सन्चालित क्ष्लतभचलबतष्यलब िकअजयय िब्धबचम (क्ष्क्ब्) सन्चालन गरि दुई पटक अन्तर्राष्ट्रिय पुरष्कार प्राप्त गर्न सफल भएको छ।
(६) बिद्यालयमा दशकौँ देखि विद्यार्थी गुणीय चक्र , क्तगमभलतक त्तगबष्तिथ अष्चअभि (क्त्तऋ ) सन्चालन गरि आफ्ना विद्यार्थीहरूललाई देश विदेशमा सम्पन्न हुने राष्ट्रिय अन्तर्राष्ट्रिय ससम्मेलनमा सहभागि गराई विद्यार्थीहरूले महत्वपूर्ण उपलव्धी प्राप्त गर्न सफल भएका छन्
(७) यो विद्यालयले बिगत तीन बर्ष अघिदेखि विद्यार्थीहरुलाई राष्ट्रिय सेवा दल (ल्ऋऋ)को तालिमसंग जोडेर अभ्यास गराइरहेको छ। यस बिद्यालयका छात्रा क्याडेट कृतज्ञता थापा, क्याडेट ईन्सानी खतिवडा , र क्याडेट श्रेया पौडेल मुलुक कै उत्कृष्ट वक्ता (द्यभकत क्उभबपभच ) को रूपमा राष्ट्रिय प्रतियोगिता जितेर कृतज्ञता थापा र ईन्सानी खतिवडा अन्तराष्ट्रियस्तरको युथ एक्सचेन्ज कार्यक्रममा भारतको दिल्ली लगायत थुप्रै महत्वपूर्ण शहरसम्म पुगेर नेपालको प्रतिनिधित्व जनाई सकेका छन्।
(८) राष्ट्रिय सेवा दल (ल्ऋऋ ) संचालन गरि रहेको यो विद्यालयले नेपाली सेना संग सहकार्य गरि झापामा भएका पा‘चवटा ईम्प्यानल स्कूल भित्र रही नेपाली सेनामा कार्यरत वा नेपाली सेनाबाट निबृत सेनाका सन्ततिहरूलाई छात्रबृति प्रदान गर्दै आईरहेको छ
(९) यसै बर्ष लियो क्लव अफ काठमाडौ सौहार्द द्वारा आयोजना गरिएको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा यस बिद्यालयको कक्षा ९ मा अध्ययनरत प्रतिक खनाल आफ्नो वक्तृत्वकलाको जादुमयी आवाज प्रयोग गर्दै आफ्ना दर्जनौ प्रतिष्पर्धीलाई पछि पारेर राष्ष्ट्रिय स्तरमा नै प्रथम हुन सफल भएका छन् ।
(१०) झापा मोडल अंग्रेजी माविले समुदायसँग शैक्षिक कृयाकलापबाट मात्रै आफनो नाम अघि बढाएको छैन संस्थागत रुपमा खेलकुद तथा अन्य सामाजिक गतिबिधिहरुमा पनि उत्तिकै साझेदारी गरिरहेको छ । महिला र पुरूष भलिबल तथा फुटबल खेलाडीहरुका लागि छात्रवृत्ती दिने उद्धेश्यले गत बर्ष मात्रै झापा मोडलले भलिबलको लागि भलिबल संघ कोशी प्रदेश समिति र फुटबलको लागि धुर्बतारा स्पोर्टिंग क्लवसंग सम्झौता गरि सर्त अनुसारको छात्रबृत्ति प्रदान गरिरहेको छ।
(११) विद्यालयले तोकिएको पाठ्यक्रम र पाठ्यपुस्तकमा मात्र सीमित नभई वर्तमान युगसँगै प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ शैक्षिक कार्यक्रमहरु अघि बढाइरहेको छ ।यसै सन्दर्भमा विद्यार्थीहरुको सर्वाङ्गीण विकास गराउन सक्ने विविध नयाँ कार्यक्रमहरु खोजि गर्दै अघि बढिरह्को झापा मोडलले “कारखाना “ नामको एक विज्ञान प्रविधि संग सम्बद्ध शैक्षिक संस्थासँग सहकार्य सम्बन्धि सम्झौता गरेको छ । यो सम्झौता अनुसार बिद्यार्थीहरुलाई विज्ञान बिषयको अध्ययनमा प्रयोगात्मक कक्षामा जोड दिइनेछ ।
(१२) बिद्यालयमा विद्यार्थीहरूलाई आफ्नो रूचिको क्षेत्र रोज्न पाउने गरि स्काउट, जुनियर रेडक्रस, बाल क्लब ,ईन्ट्रयाक्क्ट क्लव लगायतका माध्यमबाट बिद्यार्थीहरु समाजका हरेक बिधामा जोडिन सफल भएका छन । यही कारण विद्यार्थीहरुमा अनुशासन, समयको महत्व, कर्तव्यबोध, जिम्मेवारी बहन, लगनशीलता जस्ता जीवनोपयोगी आदर्श गुणहरूको सिप बढ्नुका साथै उनीहरूमा मनैदेखि देशभक्तिभाव जागृत गराएर विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि झापा मोडलले अनवरत प्रयत्न गर्दै आईरहेको छ ।
सायद यी कारणहरूले नै हुन सक्छ , झापा मोडल अँग्रेजी मा वि दमक ८ झापा अहिले यो क्षेत्रकै अब्बल शैक्षिक संस्थाको सिँढिमा उक्लन सफल भएको देखिन्छ । advt

Facebook Comments Box