दमक/ झापाको दमक ६ स्थित ग्लोबल एजुकेशनल एकाडेमी कक्षा ११ मा अध्ययनरत बिद्यार्थीहरुले कक्षा १२ को अध्ययन पूरा गरेका सो एकाडेमीका बिद्यार्थीहरुको बिदाइ विभिन्न साँस्कृतिक कार्यक्रमका साथ गरेका छन् ।

बिद्यालय परिसरमा शुक्रबार आयोजित विशेष कार्यक्रमका बीच शैक्षिकसत्र २०८०/०८१ कक्षा १२ को अध्ययन पुरा गरेका बिद्यार्थीहरुको आगामी शिक्षासँगै उज्वल भविष्यको कामना गर्दै बिदाइ गरिएकाे हाे । एकाडेमीकी अध्यक्ष इन्दिरा बस्नेतको अध्यक्षतामा राष्ट्रिय परीक्षा वाेर्ड कोशी प्रदेशका निर्देशक जीवन गड्तौलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा निर्देशक गडतौलाले सरकारले यस वर्ष देखि लिएको परीक्षा सञ्चालन सम्बन्धिका नयाँ नीति, मापदण्ड र तोकिएका शर्तहरुका बारेमा बिद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

उनले प्रविधिमैत्री शिक्षामा ग्लोबलले दिँदै आएको योगदानको पनि खुलेर प्रशंसा गरे । कक्षा १२ को यस बर्षको परीक्षा वैशाखको दोश्रो सातादेखि सञ्चालन हुँदैछ । एकाडेमीका प्रधानाध्यापक (प्रिन्सिपल) गुणराज अधिकारीले बिद्यार्थीहरुलाई आगामी दिनमा रचनात्मक काममा लाग्दै शैक्षिक भविष्य उज्यालो बनाउन एकाडेमीले आफनो तर्फबाट सदैव सकारात्मक सहयोग गर्ने उल्लेख गरे । उनले ग्लोबल एकाडेमीलाई यसै शैक्षिक सत्रदेखि पूर्ण प्रविधिमैत्री बनाउँदै लगिएको जानकारी दिँदै बिद्यालयले व्यवहारिक शिक्षामा जोड दिएको पनि उल्लेख गरे ।

कार्यक्रममा सोही एकाडेमीकी कानून विषयकाी शिक्षका समेत रहेकी कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको विशिष्ट आतिथ्य रहेको थियो भने शिक्षा उपसमिति संयोजक खेम भण्डारी लगायत शैक्षिक व्यक्तित्वहरुले शुभकामना मन्तव्य राखेका थिए । पूर्व सहायक प्रधानाध्यापक तथा शिक्षक शङ्करराज गाैतम तथा बिद्यार्थी सुधा गौतमले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न गीत, नृत्य तथा साहित्यिक रचनाहरु मार्फत मनोरञ्जन प्रदान गर्नुका साथै नयाँ बर्ष २०८१ को शुभकामना आदनप्रदान र आन्तरिक परीक्षामा हरेक सङ्कायबाट उत्कृष्टता हासिल गर्ने प्रथम द्वितीय र तृतीय हुन सफल छात्र छात्राहरुलाई नगद पुरस्कार दिनुका साथै अन्य विविध विधामा उत्कृष्टता भएका विद्यार्थीलाई समेत पुरस्कार वितरणा गरिएका कुरा पनि बिद्यालयका संस्थापक शिक्षक दुर्गाप्रसाद आचार्यले जानकारी दिए ।

 

Facebook Comments Box