शिवासताक्षी/ शिवासताक्षी नगरपालिका अन्तर्गतको नगर खेलकुद विकास समिति संयोजकमा सुरज राईलाई मनोनयन गरिएको छ । झिलझिले निवासी राई खेलकुदका अतिरिक्त सामाजिक तथा राजनीतिक गतिविधिमा क्रियाशील छन् । राईलाई नगर कार्यपालिकाको चैत २६ गतेको निर्णय अनुसार खेलकुद विकास समितिको संयोजक पदमा मनोनयन गरिएको नगरपालिकाले जनाएको छ ।

शिवासताक्षी नगर खेलकुद विकास समिति ( गठन तथा संचालन ) कार्यविधि २०८०को दफा ३ (क)का आधारमा कार्यपालिकाको बैठकले उनलाई संयोजक पदको जिम्मेवारी प्रदान गरेको हो ।

Facebook Comments Box