दमक/ झापाको दमक नगरपालिका वडा नं ७ मा महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन सिलाई बुनाई सम्बन्धि आधारभूत र एडभान्स कोर्ष तालिम सञ्चालन गरिएको छ ।

तीन महिने आधारभूत तालिमको समापन भएको छ भने सोही बिषयको एडभान्स तालिम सोमबारदेखिनै शुरु भएको छ । तालिममा सहभागीहरुलाई वडाध्यक्ष भीम पौडेलले प्रमाण पत्र वितरण गरेका छन ।
तालिममा वडा भित्रका सिलाई बुनाई सीप सिक्न आवेदन गरेका २० जना महिला सहभागि थिए ।

तालिममा सहभागी इन्दिरा आले मगरले सिलाई बुनाई सीप सिकेर आफू स्वरोजगार बन्ने लक्ष्य राखेको बताइन ।
वडा सचिव योगेश भट्टराईका अनुसार आधारभूत तहको तालिम सकिए लगत्तै आजैदेखि ४५ दिने एडभान्स तालिम शुरु भएको छ । एडभान्स तालिममा १५ जना महिला सहभागी छन् ।

 

Facebook Comments Box