दमक / दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको शुक्रबार सम्पन्न निर्वाचन अन्तर्गत चार क्षेत्रको मतगणना सकिएको छ ।
केही समय अघि सार्वजनिक भएको मत परिणाम अनुसार क्षेत्र नं ३, ४, ५ र ६ मा कांग्रेस–राप्रपा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन भने क्षेत्र १ र २ को गणना भइरहेको छ ।
क्षेत्र ३ मा राप्रपाका कुमार निरौला र ४ मा चन्द्र थापा निर्वाचित भएका छन भने ५ मा कांग्रेसका रवि न्यौपाने केसी तथा ६ मा विक्रम अधिकारी निर्वाचित भएका छन । क्षेत्र २ मा कांग्रेसका धनबहादुर भट्टराईलाई एमालेकी पार्वता ढकालले शुरुदेखिनै पछाडी पारेकी छिन । क्षेत्र १ मा भने कांग्रेसका गजेन्द्र देवानले एमालेका घनेन्द्रराज योङयालाई पछि पारेका छन । (थप विवरण आउन बाँकी)