दमक/ दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको शुक्रबार सम्पन्न निर्वाचनको मतगणना कार्य शुरु भएको छ ।
मतदान अपरान्ह ४ बजे सकिएपनि मत पेटिकाहरुको उचित व्यवस्थापन र आवश्यक जनशक्ति गणक तथा उम्मेदवारहरुका प्रतिनिधिहरुको व्यवस्थापन, मतगणना सम्बन्धि आचारसंिहताहरुको निर्माण लगायत व्यवस्थापनका कामहरु सक्न ढिलाई हुँदा राती करिब साढे ११ बजे मतगणना शुरु भएको हो ।


दमक ७ स्थित पृथ्वी माविमा भएको निर्वाचनको मतगणना पनि सोही ठाउँमा गर्ने तयारी गरिएको हो । त्यहाँ सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती छ । मतगणनास्थलमा मत परिणाम सुन्न उत्साहित सर्वसाधारणहरु पनि उत्तिकै छन ।
निर्वाचनमा कूल ४ हजार ३४९ मत अर्थात ६९.२३ ५ मत खसेको जनाइएको छ ।

६ वडा क्लस्टर मध्ये क्षेत्र न. १ ( दमक १ र २ ) बाट ८०९, क्षेत्र न. २ (दमक ४ , ५ वडा ) बाट १२०५ ) , क्षेत्र न. ३ (दमक ६ ) बाट ४०८, क्षेत्र न. ४ (दमक ७ ) ५५२, क्षेत्र न. ५ (दमक ८ ) बाट ७८५ र क्षेत्र न. ६ (दमक ९ ) बाट ५८२ मत खसेको थियो । खानेपानी सञ्चालक र लेखा समिति गरि विभिन्न १२ पदमा ३३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । अघोषित रुपमा ठुला साना सबै दलहरुले गठबन्धन बनाएरनै चुनावमा होमिएका थिए ।
यो पटकको निर्वाचनमा दमकका ६२८२ खानेपानीका मतदाताहरुले निर्वाचनमा सहभागिता जनाएका बताइएको छ ।

Facebook Comments Box