दमक/ दमक ३ ढुकुरपानीस्थित ढुकुरपानी पूर्व विद्यार्थी समाजले आपसी भाइचारा र सदभावको बिकास गराउने उद्धेश्यले वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
ढुकुरपानी माविका पूर्व बिद्यार्थीहरुको साझा संस्थाका रुपमा रहेको समाजले नयाँ बर्षको अवसर समेत पारेर भेट्रान फुटबल प्रतियोगितासँगै २०३० सालदेखि २०८० सम्मको कालखण्डमा सो बिद्यालयमा अध्यापन गराएका शिक्षकहरुको सामुहिक सम्मान गर्ने कार्यक्रम समेत तय गरेको हो ।
समाजले आज मंगलबार सो बिद्यालयमा पत्रकार सम्मेलन गरि २५ चैतदेखि ३० चैत सम्म वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता गर्ने र प्रतियोगिताको समापनका अवसरमा ३० चैतमा शिक्षकहरुको सामुहिक सम्मान गर्ने सार्वजनिक गरेको हो ।
समाजका अध्यक्ष रामचन्द्र अधिकारी (आरसी)ले ढुकुरपानी पूर्व बिद्यार्थी समाजको इतिहासमा यो कार्यक्रम एक ऐतिहासिक हुने बताए ।
समाजले विगत बर्षहरुदेखिनै सांगितिक कार्यक्रम, भाग्यशाली चिठठ उपहार कार्यक्रम ताथ अन्य सामाजिक गतिबिधिहरु गर्दै आएकोमा यस बर्ष इतिहासको सम्मान गर्ने गरि सन्देशमुलक यो कार्यक्रम गर्न लागिएको अध्यक्ष अधिकारीको भनाई छ ।
प्रतियोगितामा दमक नगरका १० वटै वडाबाट वडाको सिफारिससहित आएका भेट्रान टिमहरुले भाग लिनेछन ।
सहभागी टिमहरुबीचको खेल तालिका भलिबलका दमकस्थित पूर्व राष्ट्रिय खेलाडीद्धय शैलेन्द्र श्रेष्ठ र राजु श्रेष्ठ तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति कोषाध्यक्ष बिमल लामिछानेले सार्वजनिक गरेका हुन ।
प्रतियोगितामा प्रथम हुने टिमलाई कपसहित ३० हजार, दोस्रो हुने टिमलाई कप सहित २० हजार र उत्कृष्ट खेलाडीहरुलाई मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने खेल संयोजक रोशन श्रेष्ठले जानकारी दिए ।
उनले वडा नं ३ ले खेलका लागि आवश्यक सामग्री उपलब्ध गराएको र दमक नगरपालिका समेत प्रायोजक रहेको खेल सम्पन्न गर्न २ लाख ७९ हजार लाग्ने अनुमान गरिएको आयोजक समितिका कोषाध्यक्ष कुमार गिरीले जानकारी दिए ।
समाजका सचिव लिला तिम्सीनाले फुटबल प्रतियोगिताका माध्यमबाट ढुकुरपानी माविका पूर्व बिद्यार्थीहरुलाई थप एकताका साथ बिद्यालय र समाजको हितमा योगदान गर्न प्रेरणा मिल्ने विश्वास गरिएको बताए ।

 

Facebook Comments Box