झापा/ झापाको दमकमा शान्तभाब फाउण्डेश तथा महिला पुर्नस्थापना केन्द्रको औपचारिक शुरुवात गरिएको छ । दमक ६ स्थित कार्यलयको भवनमा एक कार्यक्रमका बीच दमक नगरपालिकाकी उपप्रमुख रेगिना भटट्टराई प्रसाईले उद्धघाटन गरेकी हुन् ।।

पुनस्र्थापना केन्द्रको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी प्रसाईले लागुऔषध दुव्र्यसनमुक्त घोषणा गर्न पहल गर्ने बताए ।  फाउन्डेसनको अध्यक्ष कृष्ण खडकाले लागू  पदार्थ तथा मादक पदार्थ सेवन गरेर ,ब्याक्ती ,समुदाय ,समाज देशलाई असर पुर्याउने महिलाहरुको उपचार केन्द्र स्थापना गरिएको बताए ।

कार्यक्रमको औचित्यमाथी वरिष्ठ परामर्शकर्ता रबिन तामाङ ,फर्बा याल्मो ,रोपो याल्मोले लागु औसध प्रयोगकर्ताले समस्य र निराकरणको उपायहरुको बारेमा प्रकाश पारेका थिए ।  संस्थाका अध्यक्ष खड्काको अध्यक्षतामा भएको कार्यक्रम संचालन जीबन नेपालीले गरेका थिए ।

Facebook Comments Box