दमक/ झापाको दमकमा यही चैत २३ गते हुने खानेपानी तथा सरसफाई उपभोक्त संस्था दमकको निर्वाचनको दौरानमा दर्जनौं उम्मेदवार छन् । चुनावको मिति जति नजिकिँदैछ उम्मेदवारहरु उपभोक्ताका घर आँगनमा उत्तिकै सक्रिय भएर पुगिरहेका छन । यसपटकको खानेपानी निर्वाचनमा दमकको वडा नं ८ अर्थात खानेपानीद्धारा निर्धारित क्षेत्र नम्बर ५ बाट उपभोक्ताको प्रतिनिधित्व गर्ने अठोटका साथ चुनावी मैदानमा उत्रिएका छन दमकका लोकप्रिय एवं परिचित रैथाने युवा उम्मेदवार रवि न्यौपाने खत्री । उनलाई धेरैले रवि केसीका नामले पनि चिन्छन ।
दमकमा रहेर सफल उद्यमी व्यवसायी मात्रै नभएर समाजसेवामा पनि उत्तिकै छाप छोडन सफल न्यौपानेको उम्मेदवारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राजनीतिक दलको नेतृत्वमा मात्रै नरहेर न्यौपाने यहाँको वित्तीय क्षेत्रमै सफल संस्थाको परिचय बनाएको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीमा लामो समय नेतृत्वदायी भुमिका निर्वाह गरेका व्यक्तित्व हुन् ।
सामाजिक सेवाका क्षेत्रमा अन्तराष्टिय सञ्जाल भएको किवानिज क्लब दमक शाखाको स्थापना गरेर समाजका विपन्न र असहायहरुको सेवामा योगदान गरिरहेका छन न्यौपानेले । उनले कोरोना महामारीको समयमा आफनो वडा भित्रका १३५ परिवारलाई खाद्यन्न राहत आफनै निजी खर्चमा घर घर पुरयाए । कैंयौं विपन्नहरुलाई न्यानो कपडा, विभिन्न ठाउँमा शैक्षिक सामग्री सहयोग लगायतका सेवामुलक कामहरुमा आफूलाई निस्वार्थ रुपमा समाजमा ठिंग उभ्याएका उनको नाम अहिले सेवामुलक संस्था खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नामसँगै जोडिएपछि वडाबासी उपभोक्ताहरु खुशी देखिन्छन ।
मत माग्ने सिलसिलमा उपभोक्ताको घर दैलोमा व्यस्त रहेका न्यौपानेको अनुभवमा वडा भित्र अझै पनि कतिपय सर्वसाधारणले पैसाको अभावमा खानेपानीको धारा जोडन नसकेको पाएका छन । पैसा अभावकै कारण धारा जोडन नसकेका उपभोक्ताहरुलाई निशुल्क धारा जोडने नीति संस्थागत रुपमै अघि बढाउने न्यौपानेको प्राथमिकता छ । एशियाली बिकास बैंकको सहयोगमा दमकमा शुरु हुने नयाँ परियोजनालाई पारदर्शी ढंगबाट अघि बढाई बढी भन्दा बढी प्रतिफल प्राप्त हुने गरी कार्यन्वयन गर्ने, चौविसै घण्टा शुद्ध पानीको आपूर्ति गर्ने व्यवस्था मिलाउने, खानेपानी सेवा अत्यन्तै महत्वपूर्ण सेवा भएकाले यसलाई कहिं कतैबाट कुनै किसिमको अवरोध हुन नदिने र सेवाग्राही उपभोक्ताहरुको गुनासोलाई सुनुवाई गर्न प्राविधिकसहितको खानेपानी टिमलाई चुस्त दुरुस्त बनाएर फिल्डमा खटिने, खटाउने आफूहरुको प्रतिबद्धता रहेको न्यौपानेले बताए । अहिले सम्म मत माग्ने सिलसिलामा आम उपभोक्ताहरुले न्यायोचित ढंगबाट स्वविवेक प्रयोग गर्दै आफूलाई मत दिने प्रतिबद्धता जनाएका कारण आफू यो निर्वाचनबाट उपभोक्ताहरु माझ उत्साहित भएर प्रस्तुत हुन पाएको न्यौपानेको कथन छ ।