दमक/ झापाको दमक ६ स्थित ग्लोबल एजुकेसन एकाडेमीले क्यान्सर पीडित दुई जनालाई कूल ३१ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरेको छ । विद्यालयमा संचालित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो विद्यालयले चुलाचुली बोर्डिङ स्कुलमा कार्यरत पुर्व शिक्षक अनिस पान्डेको उपचार तथा हेरचाहमा सहयोग स्वरुप नगद २० हजार रुपैयाँ सोमबार हस्तान्तरण गरेको हो ।

बोन्म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था आएपछि करीब ७ महिनादेखी उपचाररत पान्डेको हाल सफलता पुर्वक भारतको राजिबगान्धी क्यान्सर अस्पतालमा ट्रान्सप्लान्ट भैइ सकेको छ । सो सहयोग रकम चुलाचुली इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल चन्द्रप्रकाश राई मार्फत पान्डेको परिवारलाई प्रदान गरिएको हो ।

सहयोग रकम ग्लोबल एजुकेसन एकाडेमीकी अध्यक्ष इन्दिरा बस्नेत, ग्लोबल एजुकेसन एकाडेमीका प्रिन्सिपल गुणराज अधिकारीसहितको प्रतिनिधि टोलीले प्रिन्सिपल राईलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा ग्लोबलका प्रिन्सिपल अधिकारीले यस किसिमको सहयोगका कार्यक्रममा साझेदारी गरेर अघि बढ्ने अवसरका लागि आभार व्यक्त गरे ।

चुलाचुलीका पृन्सीपल राईले मानवीय सहयोगप्रती धन्यवाद व्यक्त गरे । त्यसैगरी ग्लोबलले क्यान्सर पीडित अर्का एक बिरामी साक्षात तुम्बापोलाई पनि ११ हजार ५ सय रुपैयाँ सहयोग रकम प्रदान गरेको ग्लोबल एजुकेशन एकाडेमीका संचालक तथा शिक्षक श्याम प्रसाद आचार्यले जानकारी दिए ।

हेर्नुहोस भिडिओ

https://www.facebook.com/watch?v=610949397914578

Facebook Comments Box