पेट्रोलको मूल्य चार रुपैयाँ बढ्यो

Author Nishkarsha News
२०८० चैत्र १८, आईतवार २१:३४

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य  प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ । योसँगै काठमाडौँमा पेट्रोलको मुल्य १७५ रुपियाँ प्रतिलिटर भएको छ ।

त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य प्रतलिटर ०.३९ रुपैयाँ, हवाई इन्धनको मूल्य ०.३८ रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २७.४४ रुपैयाँले घटेर आए पनि अहिलेलाई यथावत् राखिएको निगमले जानकारी दिएको छ ।

नयाँ मुल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्