दमक / सामाजिक तथा शैक्षिक सेवामा सक्रिय दमक दमक ९ निवासी पूर्व शिक्षक दुर्गादेवी खनाल (काफ्ले)ले आफ्ना स्वर्गीय पति मुकुन्द काफ्लेको स्मृतिमा दमक बहुमुखी क्याम्पसमा मुकुन्द काफ्ले स्मृति अक्षयकोष स्थापना गरिदिएकी छिन ।

दमक बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विपन्न तथा असहाय बिद्यार्थीहरुलाई लक्षित गरेर शैक्षिक तथा सामाजिक व्यक्तित्व खनालले पति स्वर्गीय काफ्लेको जन्मजयन्तीमा दुई लाख रुपैयाँको कोष स्थापना गरेकी हुन । दमक बहुुमुखी क्याम्पसमा अध्ययन गर्न आउने आर्थिक रुपमा विपन्न परिवार तथा असाहय विद्यार्थीहरुको शैक्षिक निरन्तरतामा सघाउने उद्धेश्यले सो कोषको स्थापना गरिदिएकी क्याम्पस प्रमुख यज्ञराज (राम) गिरीले जानकारी दिए ।

पाणिनी मावि दमक ९ मा लामो समय अध्यापन गराएर शिक्षण पेशाबाट करिब एक बर्ष अघि अवकाश पाएकी काफ्लेले गत माघमा दमक ५ स्थित दिपिनी आधारभुत बिद्यालयमा सरस्वतीको मन्दिर स्थापना गरेर बिद्यालयलाई हस्तान्तरण गरिसकेकी छिन ।

उनले शिक्षण पेशामा रहेकै बखत सोही बिद्यालयमा नियमित रुपमा विपन्न तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ती उपलब्ध गराउँदै आएकी छन भने झापा जिल्लाका ग्रामिण क्षेत्रमा रहेका सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा, शैक्षिक सामग्री, छात्रवृत्ती आदि प्रदान गर्दै आएकी छन ।

Facebook Comments Box