काठमाडौं/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्ना कार्यकर्ता पक्राउको विरोधमा प्रतिरोध गर्ने चेतावनी दिएको छ । शुक्रबार पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै कार्यकर्ता पक्राउको विरोधमा प्रतिरोध गर्ने जनाएका हुन् ।

आन्तरिक तयारी बैठक चलिरहेको बेला आफ्ना पार्टीका नेता–कार्यकर्ता पक्राउ गर्नु सामाजिक फासीवादी कार्य भएको जिकिर गर्दै विज्ञप्तिमा उक्त सामाजिक फासीवादी गिरफ्तारीको पार्टी घोर विरोध एवम् भत्र्सना गर्ने जनाइएको छ ।

 

Facebook Comments Box