दमक/ बिद्यार्थीहरुमा सञ्चालन गरिएको किताबरहित कक्षा ( बुक फ्री क्लास)अन्तर्गत दमक ५ स्थित सर्वोदय इङलिस स्कूलका बिद्यार्थीहरुले च्याउ उमारेर खान योग्य बनाएका छन ।

सो बिद्यालयका बिद्यार्थीहरुले प्रत्येक साताको सोमबार ब्रुक फ्री डेका रुपमा व्यवहारिक सीप सिक्ने गरेका छन । प्याव्सन दमक नगर समितिका सचिव समेत रहेका सो बिद्यालयका प्रिन्सिपल नविन योगीका अनुसार बिद्यार्थीहरुले च्याउ खेती लगाउने विज्ञ किसानबाट किताबरहित कक्षामा सिकेको सीपलाई उपयोग गर्दै लगाएको च्याउ खेती सफल भई उम्रिएको च्याउ खान योग्य भएको हो । बिद्यार्थीहरुले उत्पादन गरेको च्याउ दमक नगरपालिकाका प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराईलाई उपहार स्वरुप प्रदान गरेका छन ।

पछिल्लो समय बिद्यार्थीहरुमा कक्षाकोठा भित्र किताबी ज्ञानका अतिरिक्त सातामा एक दिन किताबरहित शिक्षा प्रदान गर्ने अभ्यासलाई धेरै निजी बिद्यालयहरुले अघि बढाइरहेका छन । यस किसिमको शिक्षाले बालबालिकामा आत्मनिर्भरताको लागि समेत अभिप्रेरित गर्ने विश्वास लिइएको स्थानीय सरकारका अधिकारीहरु बताउँछन ।

Facebook Comments Box