काठमाडौँ/ त्रिभुवन विश्वविद्यालय (त्रिवि)को प्रश्नपत्र अब अङ्ग्रेजी भाषामा पनि हुने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्न पत्र अङ्ग्रेजी र नेपाली भाषामा गर्न लागेको हो ।
त्रिविले जारी गरेको सूचनामा भनिएको छ,‘प्रश्नपत्र तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ ।’