दमक/  किरात धर्म तथा साहित्य उत्थान संघ र किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना गुरु केन्द्रीय समितिले पाँचथरको सिलौटीमा महागुरु फाल्गुनन्द लिङदेनको समाधिस्थलसंगै शालिक निर्माण कार्यमा भएको अवरोध र यो बिषयको अर्नगल प्रचारवाजीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन ।
ति दुई संस्थाले शुक्रवार दमकमा संयुक्त पत्रकार सम्मेलन गरि सिलौटीमा रहेको राष्ट्रिय विभूति महागुरुको समाधिस्थल तोडफोड नगरि आफनै जमिनमा शालिक राख्ने कार्यले त्यहाँको धार्मिक पर्यटन,प्रवद्र्धनमा समेत थप टेवा पुग्ने स्पष्ट पारेको छ ।
किरात धर्म सत्यहाङमा सेवा संघ केन्द्रीय कार्यालय इलामले गत चैत १० गते दमकमा पत्रकार सम्मेलन गरी किरात धर्म सम्बन्धी गलत प्रचार गरेकोमा आपत्ति जनाउदै दुवै संस्थाले त्यस्तो धारणा सारेका हुन् । यसअघि विहिबार मात्र दुवै संस्थाले इलाममा पत्रकार सम्मेलन गरि संस्थागत धारणा सार्वजनिक गरेका थिए ।
किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिंह योङहाङले महागुरुसँग सम्बन्धित विषयलाई सत्य तथ्य तोडमोड गरि किरात धर्मावलम्बीहरुलाई भ्रमित बनाउने खोजिएको भन्दै आपत्ति प्रकट गरे ।
महागुरुको महान उद्देश्य विश्वशान्ति तथा मानव एकता कायम गर्नुनै भएको भन्दै उनले त्यसै कार्य अन्तर्गत हालसम्म देशैभरि १०२ वटा माङहिम , ३३ वटा महागुरुको शालिक स्थापना भईसकेको उनको भनाई छ ।
सिलौटीमा त्यसै अनुसार शालिक राख्ने कार्य भएकोमा त्यसो हुन नदिन कथित किरात धर्म सत्यहाङमा सेवा संघले अवरोध पुरयाँएको उनको भनाई थियो ।
उनले भने– हामीलाई शालिक राख्न सो समूहबाट अवरोध मात्र नभएर ससस्त्र प्रतिरोध गर्नेदेखि गुरु आत्मानन्द माथिसम्म मुद्धा चलाउने सम्मका हर्कत भएको छ । यो धार्मिक गुरुमाथिको आक्रमण हो यसलाई हामीले गम्भिर रुपमा लिएका छौं । यो शोभनीय हुदै होइन, यसतो कार्यले सिंगो किरात धर्म माथि चोट पुरयाँएको छ ’ पत्रकार सम्मेलनमा योङहाङले भने । आफूहरु माथि उल्टै अनर्गल मुद्धा लगाएर दुःख दिएपनि यसबारे प्रशासन गम्भिर नभएको जिकीर गरे । यो विषयमा प्रशासनले तदरुकता देखाउनु पर्ने उनले सुनाए ।
चोत्लुङका अध्यक्ष योङहाङ र किरात धर्म तथा साहित्य उत्थान संघका कार्यवहाक अध्यक्ष प्रेमकुमार सिप्तुङखाद्धारा जारी विज्ञप्तिमा लेखिएको छ ‘इलामको चुलाचुली हात्तिलेदामा छुट्टै माङहिम बनाई आफ्नै डिजाइनमा गुरु खोज्ने र राख्ने क्रम सुरु गरिएको सो संस्थाको हैसियत हामी माझ घामझै छर्लङ छ । यसरी गुरु खोजेर राख्ने क्रममा ज्योतिनन्द, विद्यानन्दहुँदै फुङलिङ ज्योतिदेखि प्रभुदासीहुँदै ओमनन्दसम्म र मिनु कैलाशदेखि देउबहादुर तुम्बापोसम्मलाई गुरु बनाउने र हटाउने कार्य गरेको देखिन्छ । साथै केहीँ गुरुको घोरअपमान समेत गरेको विभिन्न घटना परिघटनाले समेत महागुरुको सच्चा अनुनायी हुनै नसक्ने पुष्टि हुन्छ ।’
पत्रकार सम्मेलनमा संघका कावा अध्यक्ष सिप्तुङखा, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना गुरु केन्द्रीय सचिव शक्तिकुमार सावाँ, गुरु आत्मानन्द लिङदेनका कानुनी सल्लाहकार भिम खत्री लगायतले किरात धर्मका महागुरु फाल्गुनन्दको समाधिस्थलमा शालिक राख्ने कार्यमा भएको भ्रम तथा हुलहुज्जतको आक्रमणले असुरक्षा पैदा गरेको उल्लेख गरेका थिए ।
उनीहरुले सामुदायिक बन,फाल्गुनन्द गाउँपालिका ,फिदीम नगरपालिका लगायतका सरोकारपक्षहरु सहकार्य गरि कार्य शुरु गरेको भएपनि सो समूहको उद्दण्ड हर्कतले शालिक तोडफोड , झण्डा च्यात्ने कार्यले सिंगो किरात धर्मावलम्बीहरुलाई चोट पुगेको भन्दै त्यस्ता क्रियाकिलाप हुनु दुखद भएको उल्लेख गरेका छन ।

Facebook Comments Box