दमक/ मोरङको कानेपोखरी ७ स्थित पुर्ब पश्चिम राजमार्गमा यात्रुबहाक बसको ठक्करबाट एकै परिवारका आमाको मृत्यु भएको छ भने छोरा घाईते भएका छन ।
ट्राफिक प्रहरीका अनुसार बिहिबार राती करिब ८ बजे झापाबाट इटहरी तर्फ जादै गरेको मे १ ख ३३७२ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको प्र१–०२–०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा भएको दुर्घटनामा इटहरी उपमहानगरपालिका वडा नम्बर ८ की ४४ बर्षिया मन्जु कटुवालको मृत्यु भएको हो ।
मोटरसाइकल चालक मञ्जुका २१ बर्षिया छोरा अमित कटुवाल पनि गम्भिर घाईते भएका छन । दुर्घटनापछि उपचारका लागि न्यूरो अस्पताल विराटनगर पुरयाइएकी मञ्जुलाई तत्कालै करिब साढे ९ बजे चिकित्सकहरुले मृत घोषणा गरेका हुन । दुर्घटनामा संलग्न बसका चालक जिल्ला मोरङ पथरीशनिश्चरे २ का ३७ बर्षिय टेक बहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।