विर्तामोड/    नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बनेको सत्ता समिकरण निश्चित उद्धेश्यका लागि मात्रै भएको बताउँदै एमालेले कसैसँग घाँटी नजोडेको जिकिर गरेका छन ।
झापाको विर्तामोडमा पार्टीको ११ औं जिल्ला अधिवेशन उदघाटन गर्दै अध्यक्ष ओलीले माओवादी, रास्वपा, जसपा लगायतका दलहरुसँगको सत्ता सहकार्य र समिकरणलाई गठबन्धनका रुपमा नबुझ्न पनि कार्यकर्ताहरुलाई आग्रह गरे । उनले प्रतिपक्षी दल नेपाली कांग्रेसको पछिल्लो भूमिकाको आलोचना पनि गरेका छन् ।

ओलीले कांग्रेसले सत्ताबाट बाहिरिएपछिको आक्रोश सदनमा पोखेको आरोप लगाए । झापाको ११औं जिल्ला अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध सदनमा गरेको विरोधतर्फ लक्षित गर्दै कांग्रेसले तमासा गरेको आरोप लगाए ।

अध्यक्ष ओली आजै साँझ दमकस्थित आफनो निवास आएका छ । कडा सुरक्षा घेराबीच एमाले अध्यक्ष ओली साँझ करिब ६ बजेतिर विर्तामोडबाट दमक आएका हुन । २०७९ को चुनाव अघि सम्म ओली झापा आउँदा प्राय दमक ५ स्थित भतिजा नाता पर्ने रोमनाथ ओलीको निवासमा बस्दै आएका थिए भने गत बर्ष भएको चुनाव सन्मुखदेखि उनी दमक ९ शान्तिमार्गमा आफनै लागि बनेको निवासमा बस्ने गरेका हुन् ।

Facebook Comments Box