विवादमा मुछिएकी शर्मिला वाइबा २८ दिन लामो हिरासत बसाइपछि सोमबार रिहा भएकी छन्।
काठमाडौं जिल्ला अदातलका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले दुईवटा मुद्दामा उनलाई सोमबार धरौटी लिएर रिहा गर्न आदेश दिएको हो।
म्याकुरी उपनामले चिनिने हाँस्य कलाकार पवन खतिवडाले कुटपिटसम्बन्धी घटनामा उजुरी दिएपछि उनलाई महाराजगञ्ज बृत्तको टोलीले गत फागुन १६ गते सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो।
त्यसपछि उनीविरुद्ध कुटपिट, अंगभंग र साइबर अपराधसहित दुईवटा मुद्दा चलाइएको थियो। ती दुईमध्ये कुटपिट अंगभंगमा १० हजार
र साइबरसम्बन्धी अपराधमा २५ हजार धरौटी बुझाएर उनी सोमबार नै हिरासतमुक्त भएकी हुन्।
उनले हिरासतबाट निस्किने क्रममा प्रहरीको व्यवहार एकदम राम्रो रहेको बताइन्। ‘प्रहरीले मलाई थुनुवा जस्तो व्यवहार गरेनन्, हरेक कुरामा ध्यान दिए’, उनले भनिन्, ‘मलाई प्रहरीले सक्ने जति सहयोग गरे। मलाई २८ दिनसम्म हिरासत बसेको महसुस भएन। मलाई घरमै बसे जस्तो लागेको छ।’