झापा/ कन्काई नहरमा पौडी खेल्न पसेका झापाको शिवाशाताक्षी ११ श्रीष्टि टोलका १५ बर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सो ठाउका रबिन श्रेष्ठ रहेका छन् । प्रहरीका अनुसार आज सोमबार दिउसो साढे २ बजे साथिहरुसंग होलि खेलेर नुहाउन नहरमा पसेका उनको शव नहरको साइफ़नमा रहेको फलाममा अड्केको थियो । स्थानीयले लास देखेपछि इलाका प्रहरी कार्यलाय झिलझिलेमा जानकारी गराएका थिए ।

Facebook Comments Box