गोर्खा वेल्फेयरको साँस्कृतिक कार्यक्रमसहित सरोकारवालाहरुसँग भेटघाट

Author Nishkarsha News
२०८० चैत्र ९, शुक्रबार १८:५९

दमक/ गोर्खा वेल्फेयर दमक शाखाले सामाजिक सम्बन्ध बिकासका लागि सरोकारवालाहरुसँग भेटघाट कार्यक्रम गरेको छ । दमक ८ स्थित केबीआर होटलको सभाकक्षमा शुक्रबार आयोजित सो कार्यक्रममा ब्रिटीश गोरखा सैनिक परिवारका सदस्यहरु सहभागी भएका छन ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख उपस्थिती र उपप्रमुख रेगिना भट्टराई प्रसाइँको विशेष उपस्थितीमा आयोजित सो कार्यक्रममा सरोकारवालाहरुबीच आपसी परिचयात्मक कार्यक्रमसँगै स्थानीय कलाकारहरुले मनोरञ्जनात्मक तथा साँस्कृतिक पहिचान झल्काउने प्रस्तुतीहरु दिएर मनोरजनल दिलाएका थिए । ब्रीटिस गोरखा सैनिकका परिवारसँग सम्बन्धित रहेर विभिन्न सामाजिक कार्यक्रमहरु समेत गर्दै आएको गोर्खा वेल्फेयरले बर्षेनी यस किसिमको भेटघाट तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्