काठमाडौं/ सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका ब्यूरो इञ्चार्जसहित २१ जना नेता कार्यकर्ताहरु एकैसाथ पक्राउ परेका छन् । प्रहरीले बैठक बसिरहेको ठाउँबाट उनीहरुलाई पक्राउ गरेको सो समुहको दाबी छ । दाङको राजुपुर ४ मुंग्रेखोलाबाट मध्यपश्चिम कमाण्ड ईन्चार्ज बीरजंग र केन्द्रिीय सदस्य तथा राप्ती ब्यूरो इञ्चार्ज केशवबहादुर बाँठा मगर (सुवास) सहित नेता कार्यकर्ताहरु गएराती पक्राउ परेका हुन् ।
पक्राउ परेका थप नेता कार्यकर्ताहरुमा रामबहादुर थापा (सुन्दर) राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक, सविन पोख्रेल –राप्ती ब्युरो कार्यालय सचिव, यमलाल कटुवाल(विक्रम) जिल्ला ईन्चार्ज, प्रदीप वली – जिल्ला सेक्रेटरी, बविन केसी (पाटन, जंगली) युव संगठन नेपाल केन्दीय अध्यक्ष, सुनिल पौडेल (वुद्धिजिवी) एकराज चौधरी (एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य, तिलक पुन (पूर्व जनमुक्ति सेना) लगायत रहेका छन् ।

Facebook Comments Box