धरानमा युवतीको शव फेला

Author Nishkarsha News
२०८० चैत्र ७, बुधबार २१:०९

धरान/ सुनसरीको धरानमा एक युवतीको शव फेला परेको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नव निर्मित भवन नजिकै हत्या भएको अवस्थामा युवतीको शव फेला परेको हो ।

अन्दाजी १८–१९ वर्षीय युवतीको घाँटीमा चोट देखिएको छ। मृतकको पहिचान खुल्न सकेको छैन ।

घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्