गौरीगञ्ज/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ बिर्खेबस्तीमा आगोले जलेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय ५५ बर्षीय निलकण्ठ घिमिरेको आगोले जलेर मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान तरकारी खेतीमा माथीबाट छोपेको परालमा अचानक आगो सल्किँदा घिमिरेको जलेर घटनास्थलमै मृत्यु भएको हो ।

घिमिरेको शव पोष्टमाटमको लागि दमक अस्पताल दमक पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Facebook Comments Box