दमकको क्रिस्टल फर्निचरमा आगलागी

Author Nishkarsha News
२०८० चैत्र ४, आईतवार २०:२२

दमक/  दमक ८ स्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । स्थानीय क्रिस्टल फर्निचर उद्योगमा केहि समय अघि देखि अचानक आगलागी सुरु भएको थियो । आगो निभाउन दमक नगरपालिकाको बारुण यन्त्रसहित अग्नि नियन्त्रक टोलि स्थानीय र प्रहरी खटिएका छन् । वडाध्यक्ष धर्म प्रसाद दाहालले आगो निभाउन खटिएको टोलि घटना स्थल मै रहेको जानकारी दिए । उनका अनुसार बिद्युतका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिए पनि यकिन भने भैसकेको छैन । क्षतिको विवरण संकलन हुन बाकि छ । त्यहाँ मानवीय क्षति भने नभएको बताइएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्