दमक/ समिक्षा खतिवडाको नाममा नक्कली फेसबुक आइडी बनाएर एक व्यक्तिले विभिन्न मानिसहरुसँग रकम माग्ने गरेको भन्दै खतिवडाका अभिभावकले त्यस्तो क्रियाकलापमा संलग्नको पहिचान गरि कानुनी दायरामा ल्याउन माग गरेका छन ।
दमकका व्यवसायी नेता समेत रहेका बिमल खतिवडाकी छोरी समिक्षाका नाममा उनको फोटो समेत राखेर नक्कली फेसबुक आइडी बनाई केही दिनयता विभिन्न व्यक्तिसँग रकम मागेर ठगी गर्न खोजेको पाइएको हो ।
सो आइडी मार्फत ठगी गर्ने व्यक्तिको पहिचान तत्काल नखुलेपनि उसले रकम माग्दै पठाउने गरेको क्युआर कोड भने योमन मगरका नाममा प्रभु बैंकमा खोलिएको बैंक अकाउण्टको क्यूआर रहेको छ ।
बैंक र बैंक खाता नम्बरवालाको नाम पहिचान भइसक्दा पनि सो अपराधमा संलग्नको पहिचान गरि कानुनी दायरामा ल्याउन ढिलाई हुनु आपत्तिजनक बिषय भएको खतिवडाका मामा शम्भु भण्डारीले बताए । उनले गत २६ फागुन अघिनै सो बिषयमा इलाका प्रहरी कार्यालय दमकमा लिखित निवेदन दिइएको जानकारी गराउँदै कसैले पनि सो फेसबुक आइडीबाट प्राप्त खाता नम्बर वा क्यूआरमा रकम नपठाउन पनि सुचित गरेका छन । समिक्षाका बुबा बिमल खतिवडाले समेत नेपाल प्रहरीको उच्च तह सम्म यो बिषय जानकारी गराइएको बताए । प्रहरी र हेल्लो सरकारमा समेत यस बिषयमा जानकारी गराइसकिएको खतिवडा परिवारले जनाएको छ ।

 

 

Facebook Comments Box