दमक/ झापाको शिबसताक्षीस्थित धार्मिक पर्यटकीयस्थल सताक्षीधामको संरक्षण र बिकासमा सरोकारवालाहरुले चासो बढाएका छन ।
सो धार्मिकस्थल परिसरमा रहेका विभिन्न संरचनाहरु सताक्षीधाम धार्मिक तथा पर्यटन बिकास संस्था मार्फत बिकास गरि यसको स्वरुपमा सौन्दर्यता कायम राखिनुपर्ने उनीहरुको साझा निष्कर्ष छ ।
धाम बिकास समितिले सोमबार धाम परिसरमा आयोजना गरेको अन्तरक्रियामा सहभागीहरुले त्यस्तो कुरामा जोड दिएका छन ।
सताक्षीधाम धार्मीक तथा पर्यटन बिकास संस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले बिगत, बर्तमान र आगामी योजना र विकासका चरणहरु सम्बन्धी आ–आफ्ना धारणाहरु राखेका थिए ।
सताक्षीधाम धार्मीक तथा पर्यटन विकास संस्थाका अध्यक्ष तुलाराम बोखिमको अध्यक्षता र पूर्वसांसद तारासम योङ्याको प्रमुख आतिथ्यतामा अन्तरक्रिया भएको अन्तरक्रियामा उपाध्यक्ष उदयप्रकाश राईले सताक्षीधामका योजना, विकास, प्राथमिकतासहित समस्या र चुनौतीका बारेमा जानकारी गराएका थिए ।
उपाध्यक्ष राईले पछिल्लो समय सताक्षीधाम धार्मीक तथा पर्यटन विकास संस्थाले सञ्चालन गरिआएका धार्मीक गतिविधिहरु, धाम क्षेत्रमा गर्न लागिएका योजना, त्यसका प्राथमिकताका विषयमा बताउु्ँदै छिट्टै सवारी पार्किङको योजना व्यवस्थित रुपमा अघि बढाइने बताए ।
सताक्षीधाममा आगान्तुक श्रद्धालु तीर्थयात्रीहरु र अन्य प्रयोजनमा आगन्तुक पर्यटकहरुका सुविधाका लागि सवारी साधन पार्किङ गर्नुपर्ने उपाध्यक्ष राईले प्रस्ताव गरे ।
उपाध्यक्ष राईले सताक्षीधामको प्रवेशद्धारको आसपासमा दुई पाङ्ग्रे र अरु हलुका सवारी साधनहरु पार्किङ गर्ने र अरु ठूला सवारी साधनहरुका लागि बनभोजस्थल नजिकै पार्किङ गर्न उपयुक्त जमिनको खोजि गरिएको बताए ।
त्यस्तैं, वहाँले सताक्षीधाम क्षेत्रभित्र विभिन्न शक्तिपीठहरु स्थापना भएको र अरु स्थापना गर्ने क्रममा रहेको कारण त्यसलाई निश्चित बिधी र बिधानमा रहेर सञ्चालन गर्न सताक्षीधाम धार्मीक तथा पर्यटन विकास संस्थाले भूमिका खेल्न आवश्यक रहेको पनि औल्याए ।
अन्तरक्रिया कार्यक्रममा सताक्षीधाम धार्मीक तथा पर्यट्रन विकास संस्थाका पूर्वअध्यक्ष प्रसाद सुब्बा, पूर्व सचिव देबीप्रसाद गुरागाइँ, सल्लाहकार रुद्रमणी भट्टराई, तेमेलुङ किरात माङहिमका सचिव अभिषेक नेम्बाङ, डिल्लीरमरण खतिवडा लगायतले सताक्षीधामको धार्मीक तथा पौराणिक महत्वका बारेमा बोल्दै सो क्षेत्रको बिकासका लागि लागिपर्नुपर्ने सुझाव दिए । सो अवसरमा शिवसताक्षी नगरपालिकाका निवर्तमान प्रमुख चन्द्रकुमार शेर्मा, जिल्ला समन्वय समितिका सदस्य जुनु महरा, शिबसताक्षी–८ का वडा सदस्य रिता थापा, झिलझिले बजार व्यवस्थापन समितिका अध्यक्ष बजरग अग्रवाल, महिला नेत्री खनिमाया श्रेष्ठ, दुधे खुद्रा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण बजगाई लगायत सरोकारवालाहरुको उपस्थिति थियो ।