दमक/ नेपाली कांग्रेस सम्बद्ध नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्र नं ५ प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को प्रथम अधिवेशन दमकमा सम्पन्न भएको छ ।
सोमबार नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्र कुमारी लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनले महासंघको क्षेत्रीय समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको अध्यक्षमा ललित मगर, उपाध्यक्षद्धयमा अक्षय राजबंशी र रमेश मगर, सचिवमा दिलु गुरुङ र गोपाल तामाङ तथा सहसचिवमा संगिता लामा शेर्पा सर्वसम्मत चयन भएका हुन । त्यस्तै सदस्यहरुमा दुर्गा सुब्बा, सञ्जय कुमार सुनुवार, खडग माया जबेगु चुनिएका छन भने प्रदेश अधिवेशन प्रतिनिधिमा पुरुष तर्फ देवु आङदेम्बे, धिरेन्द्र श्रेष्ठ , दिवस नेम्बाङ, उमेश तुम्रुक र महिला तर्फ सजिना राई र दिल कुमारी राई चयन भएका जनाइएको छ ।

Facebook Comments Box