दमक/ झापाको दमक ८ स्थित झापा मोडलका एक जना बिद्यार्थीले वक्तृत्वकलामा राष्टिय प्रतियोगिता जित्न सफल भएका छन । सो बिद्यालयको कक्षा ९ मा अध्ययनरत प्रतिक खनालले लियो क्लब अफ काठमाडौं सौहार्दद्धारा अन्तराष्टिय श्रमिक महिला दिवसको अवसरमा आयोजित अपराध नियन्त्रणमा कानुनी साक्षरताको महत्व बिषयको वक्तृत्वकलामा खनाल प्रथम स्थान ओगटन सफल भएका हुन ।

उनले यो प्रतियोगिताको विजेता बनेसँगै नगद १५ हजार पुरस्कार, प्रमाण पत्र , मेडल र गिफ्ट ह्याम्पर हात पारेका छन । सो प्रतियोगिताका सहभागीहरुको छनौट (प्रि सेलेक्सन) गत फेब्रुअरी १० मा भएको थियो । सो छनोटमा खनाल कोशी प्रदेशका उत्कृष्ट १० मा परेका थिए भने २४ फेब्रुअरीमा भएको कोशी प्रदेशको छनोट चरणमा प्रदेशकै पहिलो बनेर फाइनल तथा अन्तिम चरणमा पुगेका थिए । ७ वटै प्रदेशमा भएका प्रथम, द्धितीय र तृतीय प्रतिस्पर्धीहरु र केही अतिरिक्त प्रतिस्पर्धीहरुबीच अन्तराष्टिय महिला दिवसको सन्दर्भ पारेर शुक्रबार प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा गराइएको थियो ।

खनाल यसअघि भएका वक्तृत्वकला प्रतियोगितामा पनि आफनो वाक कला प्रस्तुत गरेर विभिन्न प्रतियोगिताहरु जित्न सफल हुँदै आएका थिए । उनको वाक कला प्रतिभाको चौतर्फी प्रशंसा हुँदै आएको छ । बिद्यालयले वक्तृत्वकलाको बिकासका लागि बिद्यार्थीहरुलाई अतिरिक्त कक्षामा सहभागी गराएर अभ्यासमा पोख्त बनाउँदै आएको र पढाइसँगै अतिरिक्त कृयाकलापमा अघि बढाइरहेको बिद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले बताए ।

Facebook Comments Box