काठमाडौं/ राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद बिश्वकर्माले सहकारी घोटालाको आरोपमा मुद्दा चलिरहेको व्यक्तिलाई देशको उपप्रधान एवं गृहमन्त्री बनाउने कुरा अस्वभाविक भएको बताएका छन ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद बिश्वकर्माले आपत्ति प्रकट गरे । सांसद बिश्वकर्माले मन्त्रीमण्डल बिस्तार गर्ने क्रममा अदालतमा मुद्दा चलिरहेको व्यक्तिको मुद्दाको किनारा नलागेका व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने कुरा आश्चर्यजनक रहेको बताए । रास्वपाका रवि लामिछाने नवनियुक्त गृह मन्त्री हुन । सहकारीको घोटला प्रकरणमा उनको नाम जोडिएपछि मुद्धा चलिरहेको छ ।
उहाँले प्रधानमन्त्रीले कसको दबाबमा सत्ता समीकरण परिवर्तन गर्नुभएको हो ? भन्दै प्रश्न गर्नुभयो । सांसद बिश्वकर्माले नयाँ सरकारले जनताका जल्दाबल्दा समस्याहरु समाधान गर्नको लागि भुमिका खेल्न सुझाव दिए ।