काठमाडौं/नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् ।

रौटहट क्षेत्र नं २ बाट निर्वाचित सांसद आलम विरुद्ध व्यक्ति हत्याको मुद्धा थियो । उनलाई अनुसन्धानका लागि हिजो प्रहरीले पक्राउ गरेको थियो । पहिलो संविधानसभाको निर्वाचनको क्रममा २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ ।

मुद्दा अवधिभर उनी सांसदबाट निलम्बित हुनेछन् । दोषी ठहर नभएसम्म उनी सांसदको लोगो लगाएरै जेलमा रहनेछन् ।
प्रतिनिधिसभा नियमावलीको दफा २४४ को उपदफा ३ मा फौजदारी अभियोगमा पक्राउ गरेको जानकारी प्राप्त भएमा थुनामा रहेको अवधिभर सांसदको हैसियतमा कुनै कार्य गर्न कुनै उन्मुक्ति वा अधिकार प्राप्त नहुने उल्लेख छ ।

नियमावलीले त्यस्ता सांसदको पारिश्रमिक र सेवा सुविधा स्थगित हुने व्यवस्था गरेको छ ।

Facebook Comments Box