पथरी / मोरङको पथरी शनिश्चरे–७ लामाटोलीमा एक किशोरीको शव फेला परेको छ । खोटाङकी १५ वर्षीया संजना भनिने ज्ञानकुमारी राईको हत्या भएको आशङ्का गरिएको छ ।
स्थानीयबासीका अनुसार शनिश्चरे–१ मा रहेको पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत किशोरी मामाघरमा बस्दै आएकी थिइन् । गएराति शौचालय जाने क्रममा उनको हत्या भएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् ।
राति सुतिसकेको समयमा आवाज आएपछि हेर्न जाँदा ज्ञानकुमारीलाई नचिनेका व्यक्तिले धारिलो हतियार प्रयोग गरी भागेको देखिएको किशोरीका दाजु विमल राईले बताउनुभयो । प्रहरीले घटनाको अनुसन्धानका सिलसिलामा एक जनालाई मंगलबार नियन्त्रणमा लिएको छ । प्रहरीले ति संदिग्धको तत्काल नाम सार्वजनिक गरेको छैन ।