दमक/ झापाको दमक १ स्थित आदर्शनगर टोलका कुमाल परिवारले आफ्ना पिता पुर्खादेखि आफनै परिवारको स्वामित्वमा रहेको त्यहाँस्थित जमिनमा अनावश्यक बखेडा झिकेर एक समुहले दुख दिइरहेको भन्दै आफनो सम्पत्तीमाथि सहज रुपमा उपयोग गर्ने वातावरण बनाइदिन सार्वजनिक अपिल गरेका छन ।
कुमाल परिवारले आज सोही जग्गामा सो टोलका टोलबासी, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधिहरु समेतको उपस्थितीमा पत्रकार सम्मेलन गरेर त्यस्तो अपिल गरेका हुन ।
आइतवार सो ठाउँकी बुद्धिमाया कुमालका परिवारले पत्रकार सम्मेलन गरेर आफनो नाममा दर्ता कायम गरेको कित्ता नम्बर ३८१२२ को ९ कठा १३ धुर जमीन मध्ये एक कठठा जमिनमा भने सोहि वडाका शेरवहादुर योङहाङले दावी गरि जग्गा हड्प्ने प्रयास गरेको आरोप लगाए । उनीहरुले सत्यतथ्य सार्वजनिक गरि न्यायका लागि सहोग गरिदिन आग्रह गरेका हुन ।
योङहाङकै अगुवाईमा सो जमीन एक समुहले शिवालय मन्दिरको भएको भन्दै त्यहाँ हुलहुज्जतका साथ ध्वजा गाडेर मन्दिर शिलान्यास गरेका बताइएको छ ।
योङहाङ र कुमालवीच सोहि जग्गाको विषयमा झापा जिल्ला अदालत हँुदै उच्च अदालतसम्म मुद्धा पुगेको थियो । उच्च अदालतले सो जमिन कुमाल परिवारकै भएको फैसला गरिसकेपनि विभिन्न जाति र धार्मिक समुहका नाममा आतंकित बनाउने र मानसिक तनाव दिने काम भइरहेको कुमाल परिवारको भनाई छ ।
पत्रकार सम्मेलनमा बुधमायाका छोरा अम्बरबहादुर धिमालले आफनो बाबुको पालादेखि जोतभोग गरिआएको सो जमीन आफनो पैत्रिक सम्पत्ति भएको बताए । उनका अनुसार आफना दिवंगत बुबा चारमाने कुमाल भनिने सानेबल कुमालले दमक १ देवान चौंकमा बस्दैआएका स्व. जयबहादुर माखिमलाई बार्षिक एक मन धान दिने ठेक्कामा मौखिक सम्झौता गरेर यसअघि दिएका थिए । उनी त्यहाँ २०५६ देखि २०७५ सालसम्म कटेरो बनाएर सेवापात गर्ने सर्तमा बसेका थिए ।
पछि उनी पाको भएका र आफनै भतिज ताता पर्ने आफन्तको घर फर्कने भएपछि बस्दै आएका सरसामान लिएर जाने भाडा वापत मानवीय सेवाको भावना राखेर एक लाख रुपैयाँ समेत दिएर पठाएको कुमालले बताए ।
उनका आफन्त पर्ने शेरवहादुर योङहाङले सो जमीन कहिले मन्दिर त कहिले सार्वजनिक जमीन भएको बहानाबाजी गरि दुःख दिएको आरोप छ । सो जमीनको स्वामित्व आफ्नोमा ल्याउन योङहाङले जिल्ला अदालतमा मुद्धा दायर गरेका र सो मुद्धाको फैसलामा चित्त नबुझि कानुनी अधिकारको उपयोग गर्दै उच्च अदालत इलाममा पुनरावेदन गरेका थिए ।
पुनरावेदन अदालत विराटनगरले २०७९ फागुन १६ गते कुमाल परिवारको पक्षमा फैसला सुनाएको थियो ।
फैसलामा सो जमीन मन्दिर तथा सार्वजनिक जमिन भएको भन्ने प्रमाण नपुग्ने ठहराइएको छ । त्यसपछि समेत एक समुहले फेरि पनि बलजफती गरेर आफूहरुको व्यक्तिगत सम्पत्ति कव्जा गर्न खोज्ने काम गरेर दुःख दिदै आएको उनले पत्रकार सम्मेलनमा बताइएको छ ।
पत्रकार सम्मेलनमा दमक १ का वडाअध्यक्ष हरिप्रसाद न्यौपाने, पूर्व वडाध्यक्ष ताराप्रकाश अधिकारी, टोल विकास संस्थाका प्रतिनिधिहरुसहित ठुलो संख्यामा स्थानीय सर्वसाधारणको उपस्थिती थियो ।